विश्वकप क्रिकेटको आयोजनामा दाबेदारी प्रस्तुत गर्ने दक्षिण अफ्रिकाको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विश्वकप क्रिकेटको आयोजनामा दाबेदारी प्रस्तुत गर्ने दक्षिण अफ्रिकाको तयारी

एजेन्सी । दक्षिण अफ्रिकाले सन् २०२७ को विश्वकप क्रिकेट आयोजनाको दाबेदारी गर्ने भएको छ । दक्षिण अफ्रिका क्रिकेट बोर्डका कार्यवाहक अध्यक्ष रिहान रिचार्ड्सले सो प्रतियोगिता आयोजनाको दाबी गरिएको र सरकारले पनि त्यसलाई समर्थन गरेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२७ को विश्वकप आयोजनाको प्रक्रिया सुरु गर्दा दक्षिण अफ्रिकाले पनि त्यसको दाबेदारी गर्न लागेको हो । केही महिनामा नै आयोजनाको प्रक्रिया सुरु हुने सम्भावना छ । दक्षिण अफ्रिकाले सन् २००३ को पुरुष विश्वकप र सन् २००५ को महिला विश्वकप क्रिकेटको आयोजना गरेको थियो ।

सन् २००७ को ट्वान्टी–२० र सन् २००९ को च्याम्पियन्स ट्रफीको पहिलो संस्करण पनि दक्षिण अफ्रिकाले आयोजना गर्ने अवसर पाएको थियो। उसले दुई संस्करणका यु–१९ विश्वकप पनि आयोजना गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);