विश्वकप क्रिकेट: आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विश्वकप क्रिकेट: आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै

pakistan-v-south-africa-match

काठमाडौं, ८ असार । विश्वकप क्रिकेट अन्तरगतको आइतवारको खेलमा पाकिस्तान र दक्षिण अफ्रिका खेल्दैछन । दक्षिण अफ्रिकाको विश्वकप यात्रा समूह चरणबाट माथि नजाने लगभग निश्चित भइसकेको छ ।

पछिल्लो खेलमा न्युजिल्याण्डसँगको साँघुरो हारले बाँकी सबै खेल जिते पनि सेमिफाइनलमा पुग्न अन्य टिमको नतिजामा भर पर्नुपर्छ । दक्षिण अफ्रिकाले १० टोली सम्मिलित विश्वकपको राउण्ड रोविन लिग चरणको आफ्नो सातौं खेलमा आइतबार पाकिस्तानसँग लर्डसमा प्रतिस्पर्धा गर्दैछ । यस खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजेदेखि सुरु हुनेछ । ५ खेलबाट १ जितसहित १ अंकजोडेको पाकिस्तानको प्रदर्शन पनि यस विश्वकपमा अनिश्चित छ । पहिलो खेलमा वेष्ट इण्डिजसँग पराजित भए पनि दोस्रो खेलमा घरेलु टोली इंग्ल्याण्डलाई हराएर सनसनी मच्चाएको पाकिस्तानले त्यसपछिका २ खेलमा क्रमसः अष्ट्रेलिया र भारतविरुद्ध कमजोर प्रदर्शन गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);