टी-ट्वान्टी विश्वकप क्रिकेट : दोस्रो जितको खोजीमा अष्ट्रेलिया र श्रीलंका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

टी-ट्वान्टी विश्वकप क्रिकेट : दोस्रो जितको खोजीमा अष्ट्रेलिया र श्रीलंका

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज  एक मात्रै खेल हुँदैछन् । बिहीवार विश्वकप सुपर-१२ अन्तर्गत आज समूह-१ को एकमात्र खेलमा अष्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दुबईमा बेलुका पौने ८  बजे सुरु हुनेछ ।

दुबै टोली सुपर १२ मा लगातार दोस्रो जितको खोजीमा हुनेछन् । दुबै टोली दोस्रो खेलमा जित निकाल्दै सेमिफाइनल यात्रा बलियो बनाउने दाउमा हुनेछन् । श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो । अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले नै पराजित गरेको थियो ।

अष्ट्रेलियालाई स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस र म्याथ्यु वेडजस्ता खेलाडीको साथ छ । यता श्रीलंकालाई चरिथ असलंका, भानुका राजपक्षे, ओपनर कुशल परेरा,  पाथुम निसंका,अविष्क फर्नान्डो र वानिन्दु हसरंगाजस्ता खेलाडीको साथ रहनेछ । अष्ट्रेलिया र श्रीलंकाबीचको हेड टु हेडमा अष्ट्रेलिया बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा अष्ट्रेलियाले ४ खेल जितेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);