बहुप्रतीक्षित भारत-पाकिस्तान भिडन्त आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बहुप्रतीक्षित भारत-पाकिस्तान भिडन्त आज

काठमाडौं । आईसिसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपमा आज बहुप्रतीक्षित भारत र पाकिस्तानबीचको खेल आयोजना हुँदैछ । दुबईमा हुने समूह-२ को खेलमा मैदानसँगै मैदान बाहिरसमेत चिरपरिचित प्रतिद्वन्द्वी रूपमा परिचित दुई टोलीको भिडन्तलाई प्रतिष्ठाको लडाइँको रूपमा समेत हेरिएको छ । खेल नेपाली समयअनुसार राति पौने ८ बजे दुबईमा सुरु हुनेछ । 

भारत पाकिस्तान भिडन्त सिमा लडाइँदेखि लिएर राजनीतिक लडाइँ हुँदै खेलकुद क्षेत्रमा समेत रहेको बुझिन्छ । राजीतिक लडाइँकै कारण यी दुईबीच खेल कमै हुने गरेका छन् ।आईसिसीले आयोजना गर्ने क्रिकेट प्रतियोगिताबाहेक अन्य खेलमा यी दुवै टोलीको प्रतिस्पर्धा कमै देखिने गरेको छ । आईसिसीका अन्य सदस्य राष्ट्रले एक अर्काविरुद्ध मैत्रीपूर्ण टी-ट्वान्टी, एकदिवसीय तथा टेष्ट खेल खेल्दा दुई देशबीच यस्ता खेल ठप्प नै छन् । 

पछिल्लो समय दुई वर्षयता यी दुई देशले खेल्न लागेको यो पहिलो खेल हो । दुबईमा हुने समूह-२ को आफ्नो पहिलो खेलमा दुवै टोली सुखद् सुरुआत गर्ने दाउमा हुनेछन् । प्रतियोगिताको मुख्य दाबेदारको रूपमा हेरिएका दुवै टोली पहिलो खेल जित्दै सुरुआती २ अंक लिने दाउमा छन् । पाकिस्तानविरुद्ध भारतका मुख्य खेलाडी बिराट कोहली, हार्दिक पाण्डेय, शार्दुर ठाकुर र भुवनेश्वर कुमारलगायत रहनेछन् । 

यस्तै, भारतविरुद्ध पाकिस्तानका माेहम्मद रिजवान, बबर अजाम, हसन अलि र हरिस राउफलगायत खेलाडी मुख्य खेलाडी हुनेछन् । भारत र पाकिस्तानबीचका पछिल्लो पाँच खेलमा भारत बलियो देखिएको छ । जसमा भारतले चार खेल जित्दा पाकिस्तानले मात्र एक खेल जितेको छ । 

सन् २०१६ मार्च १९ मा भएको पछिल्लो भेटमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो । त्यसयता यी दुईले प्रतिस्पर्धा गर्न लागेको यो पहिलो टी-ट्वान्टी खेल हो । यस्तै आजै हुने पहिलो खेलमा श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । दुबै टोली पहिलो जितको खोजीमा रहनेछन् । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);