प्रधानमन्त्री कप : प्रदेश १ को लगातार दोश्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

प्रधानमन्त्री कप : प्रदेश १ को लगातार दोश्रो जित

प्रदेश १ को लगातार दोश्रो जित

प्रदेश १ द्वारा कर्णाली प्रदेश दश विकेटले पराजित

कञ्चनपुर, ७ असार । कञ्चनपुरमा जारी प्रधानमन्त्री कप टी–२० महिला क्रिकेटमा प्रदेश नम्बर १ ले लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा प्रदेश एकले कर्णाली प्रदेशलाई दस विकेटले पराजित गरेको हो । बर्षाका कारण ५ ओभरमा झारीएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले एक विकेटको क्षतिमा २३ रन बनायो ।

तर डकवर्थ एण्ड लुइसको नियमका आधारमा प्रदेश १ ले २६ रनको लक्ष्य पाएको थियो । उसका लागि मधु बिसीले १० तथा मञ्जु चौधरीले ६ रन बनाइन् । बलिङमा सबनम राईले एक विकेट लिइन ।

जवाफमा प्रदेश एकले एक ओभर तीन बलमा विना विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो । उसका लागि काजल श्रेष्ठले १२ र रुविना क्षेत्रीले ११ रन बनाइन् । प्रतियोगितामा यो जितसँगै प्रदेश एकले चार अंक बनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);