प्रधानमन्त्री कप क्रिकेटको आजको खेलमा प्रदेश–७ र एपीएफ विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रधानमन्त्री कप क्रिकेटको आजको खेलमा प्रदेश–७ र एपीएफ विजयी

Cricket

काठमाडौं, १९ जेठ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा प्रदेश ७ र सशस्त्र प्रहरीको एपीएफ विजयी भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा प्रदेश–७ ले प्रदेश–३ लाई २ विकेटले पराजित ग-यो । प्रदेश–३ ले दिएको १ सय १७ रनको कमजोर लक्ष्य पछ्याएको प्रदेश ७ ले ८ विकेटको क्षतिमा लक्ष्य पुरा ग-यो ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश तीनले ३३ ओभर ३ बल खेल्दै १ सय १६ रन बनाएको थियो । प्रदेश–३ का लागि जितेन्द्रसिंह ठकुरीले सर्वाधिक ४० रन बनाए भने सोनु तामाङले २९ र सञ्जय बस्नेतले १० रन जोडे ।

अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । प्रदेश–३ लाई सस्तैमा समेट्ने क्रममा शेर मल्लले ४ विकेट लिए । बलरहरु चम्किएको खेलमा विकास आग्रीले ३ विकेट लिए भने विनोद लामाले १० ओभरमा पाँच मेडन राख्दै १ विकेट लिए ।

प्रदेश ७ का लागि सन्जु धामीले २५, विजय रानाले २४ र अरुण ऐरीले २१ रन जोडे । प्रदेश–३ का जितेन्द्र ठकुरी र सागर ढकालले २–२ बिकेट लिए । किशोर महतो, प्रतिश जीसी र सन्जय बस्नेतले एक–एक विकेट लिए ।

आजै मुलपानी मैदानमो भएको अर्को खेलमा सशस्त्र प्रहरीको एपीएफ ९ विकेटले विजयी भयो । एपीएफको जितपछि प्रदेश एकको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । चार खेलबाट प्रदेश एक दुई अंक जोड्दै अन्तिम स्थानमा छ ।

चार अंक बनाएको एपीएफले भने सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । वर्षाका कारण खेल निर्धारित समयभन्दा एक घण्टा ढिला भएपछि ४५ ओभरमा छोट्याइएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश एकले १ सय २७ रन जोड्न सफल भयो ।

प्रदेश एकका लागि सन्दीप ढुंगानाले २९, मनिष थापाले २७, कप्तान पुष्प थापाले २०, सन्नी पुनले ११ र विवेक मेहताले १० रन बनाए । एपीएफका बलरहरु, अमर रौटेला, करण केसी, भुवन कार्की र बसन्त रेग्मी सबैले २–२ विकेट लिए ।

यसैगरी कमलसिंह ऐरी र पवन सर्राफले १–१ विकेट लिए । १ सय २८ रनको लक्ष्य एपीएफले १६ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा ग-यो । एपीएफलाई जिताउन अनिलकुमार साह र पृथु बास्कोटाले एक सय रनको साझेदारी गरे । एपीएफको एकमात्र विकेट सन्दिप ढुंगानाले लिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);