प्रधानमन्त्री कप एकदिवसिय क्रिकेटमा बागमती र गण्डकी प्रदेशको जित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेटमा बागमती र गण्डकी प्रदेशको जित

काठमाडौँ, ५ माघ । बागमतीले सुदूर पश्चिमलाई १ सय ८० रनबाट तथा गण्डकी प्रदेशले प्रदेश १ लाई २ विकेटबाट हरायो ।प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा बागमती र गण्डकी प्रदेश जित हातपारेका छन् ।

सोमबारको खेलमा बागमतीले सुदूर पश्चिमलाई १ सय ८० रनबाट तथा गण्डकी प्रदेशले प्रदेश १ लाई २ विकेटबाट हराएका हुन् । सोमबार किर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा ३ सय रनको विजय लक्ष्य पच्छ्याएको सुदुर पश्चिमलाई १ सय १९ रनमा रोकेर बागमतीले १ सय ८० को फराकिलो जित हात पारेको हो । यो खेलमा पहिले व्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९९ रन बनायो ।

बागमतीका पृथु बास्कोटाले ८४ अदिल खानले ६३ रन बनाए । जवाफमा सुदुर पश्चिमले २१ ओभरमा १ सय १९ रन बनाउदा सबै विकेट गुमायो । सुदुर पश्चिमलाई १ सय १९ रनमा सिमित गर्न बागमतीका राम नरेश गिरीले ४ विकेट लिए । सोमबार नै मुलपानी क्रिकेट मैदानमो खेलमा गण्डकीले प्रदेश एकलाई दुई विकेटले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एक २७ ओभर चार बलमा एक सय दुई रन बनाउदा सबै विकेट गुमायो । प्रदेश एकलाई सस्तैमा आउट गर्न गण्डकीका सुवास भण्डारी र विशाल पौडेलले चार चार विकेट लिए । विशालले ह्याट्रिक सहित चार विकेट लिए । जवाफमा गण्डकीले ३७ ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥र्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);