मेयर्स कप क्रिकेट प्रतियोगितामा बागमतीको पहिलाे जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

मेयर्स कप क्रिकेट प्रतियोगितामा बागमतीको पहिलाे जित

काठमाडौं, २५ फागुन । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र नेपाल पुलिस क्लबले जित दर्ता गरेका छन् । मंगलबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई २७ रनले पराजित गर्दै बागमतीले पहिलो जित निकालेको हो ।

किर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा बागमतीले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको एपीएफले ४४ ओभर ५ बलमा अलआउट हुँदै २ सय ६ बनाउन सक्यो । आशिफ शेखले ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि एपीएफलाई जित दिलाउन सकेनन् ।

एपीएफका शंंकर रानाले २९ रन र अमर रौटेलाले २७ रन बनाए । एपीएफलाई रोक्न बागमतीका सोनु देवकोटाले ६ विकेट लिए । पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ३३ रन बनायो । बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५७ र नन्दन यादवले ६० रन बनाए ।

मंगलबार नै नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो । मुलपानी क्रिकेट मैदानमा आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);