युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो

एजेन्सी, २६ फागुन । एफसी पोर्टो च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा युभेन्टसलाई ३–२ गोल अन्तरले पराजित गर्दै समग्रमा ४–४ को बराबरी भएपछि पोर्टो अवे गोलका आधारमा अन्तिम ८ मा पुगेको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा २–१ ले विजयी भएको पोर्टोले अवे मैदानमा भएको दोस्रो लेगमा ३–२ को हार बेहोरे पनि अवे गोल निर्णायक बन्यो । इटालियन क्लब युभेन्टसका लागि चिएसाले ४९ र ६३ औँ मिनेटमा तथा पोर्टोका लागि ओलिभेराले १९ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरे ।

निर्धारित समयमा युभेन्टसको अघि रहे पनि अवे गोलका आधारमा बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो । ५४ औँ मिनेटमा तारेमी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको पोर्टोका लागि ओलिभेराले १ सय १५ औँ मिनेटमा गोल गरे । १ सय १७ औँ मिनेटमा राबिओटले गोल गरेर दोस्रो लिगमा युभेन्टसलाई जित दिलाए ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा बोरुसिया डर्टमुण्ड र सेभिल्लाले २–२ को बराबरी खेले पनि समग्रमा ५–४ को जितसहित बोरुसिया अन्तिम ८ मा पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);