अन्तरपालिका स्तरीय ब्याडमिन्टनमा गढवा र राप्ती गाउँपालिका विजयी | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

अन्तरपालिका स्तरीय ब्याडमिन्टनमा गढवा र राप्ती गाउँपालिका विजयी

ओमप्रकाश गुप्ता
भालुवाङ, २६ फागुन ।
दाङको देउखुरीमा भएको अन्तरपालिका स्तरीय ब्याडमिन्टन प्रतियोगितामा पुरुष कर्मचारी तर्फ गढवा गाउँपालिका र महिला कर्मचारी तर्फ राप्ती गाउँपालिका विजयी भएका छन् । राप्ती गाउँपालिकाको आयोजनामा पालिका स्थापना दिवसको अवसर पारेर राप्ती गाउँपालिकामा मंगलवार देखि प्रतियोगिता सुरु भएको थियो ।

पुरुष कर्मचारी तर्फ गढवा गाउँपालिकाका कैलाश चौधरी र शम्भु चौधरीको टिम प्रथम भएको छ । भने महिला कर्मचारी तर्फ राप्ती गाउँपालिकाका अनामीका चौधरी र सिमा भट्टको टिम प्रथम भएको छ ।

अन्तरपालिका ब्याडमिन्टन प्रतियोगितामा लमही नगरपालिकाका रामभजन चौधरी र कृष्णकुमार नेपालीको टिम द्धितिय भएको छ । महिला कर्मचारी तर्फ राप्ती गाउँपालिकाका नितु चौधरी र पनम कुमालको टिम द्धितिय भएको छ ।

१७ टिम पुरुष कर्मचारीहरु विच र ४ टिम महिला कर्मचारीहरु रहेको प्रतियोगितामा राप्ती, गढवा, राजपुर, सरुमारानी गाउँपालिका र लमही नगरपालिका बीच प्रतिस्पर्धा भएको थियो ।

विजयी टिम तथा खेलाडीहरुलाई राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले शिल्ड, नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नोखीराम वली, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले विजयीहरुलाई बधाई दिदै खेलको उच्च सम्मान गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);