अविरल वर्षाले दाङ देउखुरीका विभिन्न गाउँ डुवानमा, केही घरहरुमा क्षति (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अविरल वर्षाले दाङ देउखुरीका विभिन्न गाउँ डुवानमा, केही घरहरुमा क्षति (फोटो फिचर)

दाङ । दाङमा बिहीबार बिहानदेखि परेको अविरल वर्षाका कारण देउखुरीका विभिन्न गाउँ डुवानमा परेका छन् ।

अबिरल बर्षाका कारण गढवा गाउँपालिका वडा नम्बर ५ को मघरी र लालपुर गाउँ डुबानमा परेको छ । २५ घर डुबानमा परेको स्थानीय किरण पौडलले जानकारी दिए । भालदोन्द्रे खोलाको पानी बस्तीमा पस्दा डुबानमा परेको हो ।

सिठा र माटोबाट बनेका घरहरुका भित्ता भत्किएका छन् । जसमा सेती चौधरी, सिरता चौधरी, दुखीराम चौधरी, कृष्ण चौधरी, प्रमोद चौधरी, हरिप्रसाद चौधरी, छेदु चौधरी, छुनीलाल चौधरी, प्यान्टु चौधरी, अर्जुन चौधरी, दुखीराम चौधरी, शान्त चौधरी र ज्योती चौधरीको घरमा क्षति पुगेको छ ।

घरका भित्ता भत्किएका छन् भने अन्नपात लत्ता कपडा भिजेको स्थानीय पीडितहरुले बताएका छन् । मघरी जाने बाटो नजिक पक्की नाली बनाइएको छ । नालीले पानी निकास थुनिएकोले डुबान भएको पौडेलले बताए ।

यसै गरी राप्ती नदीमा आएको बाढीका कारण गढवा जोड्ने पक्की पुलको दक्षिण किनारको एप्रोचमा क्षति पुगेको छ ।

यस्तै अविरल वर्षाका कारण गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे (कलौनी) क्षेत्र पूरै जलमग्न भएको छ भने केही घर डुबानमा परेका छन् ।

अविरल वर्षाको कारण जंगलमाथि बाट आएको पानी जम्मा भएर कमल सुनार, शरद भट्टराई, मिनबहादुर जैंशी र नारायण गुरुङको घर तथा गोठमा पानी पसेको छ भने घरमा खासै क्षति नभएको स्थानीय भानु जिएमले जानकारी दिएका छन् ।

यता राप्ती गाउँपालिकाको वडा नम्बर १ भालुवाङ्ग आँपखोली टोलको आँपखोली खहरे खोलाले करिब १०० भन्दा बढी घरधुरी बाढीको उच्च जोखिममा रहेको स्थानीय टेकबहादुर महतराले जानकारी दिएका छन् । त्यसै गरी राप्ती गाउँपालिका वडा नम्बर ५ मा किसानले लगाएको धान तथा तरकारी बाली डुवानमा परेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);