असोजको पानीले डुब्यो कैलाली, अधिकांश क्षेत्र जलमग्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

असोजको पानीले डुब्यो कैलाली, अधिकांश क्षेत्र जलमग्न

kailai duban

काठमाडौं, ९ असोज । सोमबार राति परेको वर्षाका कारण कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।

अविरल बर्षाको कारण धनगढी उपमहानगरपालिकाको एल.एन.चोक, विशालनगर, प्रदेश सभाहल, हसनपुर, धनगढी गाउँ, बसपार्क लगायतका क्षेत्र वर्षाका कारण जलमग्न भएका छन् । मनसुनको अवधिमा समेत डुबानमा नपरेका धनगढीका यी क्षेत्रहरु एकैदिनमा परेको पानीका कारण जलमग्न भएका हुन् ।

अविरल वर्षाका कारण धनगढीका केही क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ । पानीका कारण अहिलेसम्म कुनै मानवीय क्षती नभए पनि केहि पसल र घर डुबानमा परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);