देशका विभिन्न स्थानमा बाढी र पहिरो ,गुडीरहेको बस बगाउँदा ११ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

देशका विभिन्न स्थानमा बाढी र पहिरो ,गुडीरहेको बस बगाउँदा ११ जना घाइते

badi

काठमाडौं, २१ साउन । पछिल्लो २४ घण्टामा निरन्तर परेको वर्षासँगै देशका विभिन्न स्थान डुवानमा परेका छन् ।

अविरल बर्षाका कारण कञ्चनपुर जिल्लाका विभिन्न स्थान जलमग्न भएको छ । बजार क्षेत्र जलमग्न भएपछि जनजीवन प्रभावित भएको छ । त्यस्तै लामो तथा छोटो दुरीका सडक समेत अवरुद्ध भएको छ । महाकाली नदिमा पानीको वहाव बढ्दा बाढीको जोखिम समेत बढेको छ । यता दाङको ग्वारखोतामा बाढी आउँदा गुडीरहेको बस बगाएको छ । कैलालीको धनगढीबाट तुलसीपुर आउँदै गरेको ना ४ ख ८१३६ नम्बरको बस खोलामा बगेको हो ।

बसमा सवार ११ जना घाइते भएका छन् । अविरल वर्षाका कारण बाँके जिल्लाका विभिन्न स्थान डुवानमा परेका छन् । नेपालगञ्ज आसपासका क्षेत्रमा डुवानमा परेको छ । नेपालगन्जको सेतु विक चोक र घरबारी टोल सबैभन्दा बढी प्रभावित भएको छ । गाडी पनि चल्न सकेका छैनन् । बजार पसलमा पानी पसेपछि व्यापार व्यवसाय पनि प्रभावित भएको छ । पानीको निकासको राम्रो प्रवन्ध नहुँदा हरेक पटक नेपालगञ्ज डुबानमा पर्दै आएको छ ।

यस्तै भक्तपुर जिल्लाका विभिन्न स्थान पनि डुवानमा परेको छ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोको जोखिम बढेको भन्दै सरकारले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । केहि दिनदेखी लगाातार परिरहेको बर्षा अझै एक हप्ता जारी रहने मौसमविदले बताएका छन् । वायुको न्यून चापीय रेखा नेपालतर्फ सरेकाले अझै एक सातासम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुनसक्ने मौसम पूर्वअनुमान महाशाखाको आंकलन छ । यो अवस्थामा सतर्कता अपना महाशाखाले आग्रह समेत गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);