अव्यवस्थित बस्तीका कारण काठमाडौँ उपत्यका पनि डुवानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अव्यवस्थित बस्तीका कारण काठमाडौँ उपत्यका पनि डुवानमा

kathmandu duban

तेजना पण्डित
काठमाडौं, २८ असार
। ढल व्यवस्थायनको उचित प्रवन्ध हुन नसक्नु र नदीको प्राकृतिक बहाव परिवर्तन गरि बस्ती विकास गरिएका कारण काठमाडौं उपत्यकामा पनि डुवानको समस्या आउन थालेको छ ।

पछिल्लो २४ घण्टामा निरन्तरको बर्षापछि आएको भेल व्यवस्थापन हुन नसक्दा भक्तपुर जिल्लाका हनुमन्ते नदि आसपासका अधिकांश क्षेत्र डुबानमा परेका हुन् । डुवानका कारण स्थानीय वासिन्दा विपदमा परेका छन् त्यसका कारण ठुलो धनराशिाको नोक्सानीसमेत भएको छ ।

रातभर परेको पानीको कारण हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुर जिल्लाका विभिन्न ठाउँ डुवानमा परेको छन् । मध्यपुर ठिमी, राधेराधे क्षेत्रलगायतका ठाउँमा बिहीबार बिहानैदेखि आएको बाढी र भल घरभित्र पसेपछि मानीसहरु घर छोडे। हिड्न बाध्य भए । पहिलो तला पुरै जलमग्न भएपछि डुवान क्षेत्रका अधिकांशले घर छोड्न मात्र बाध्य भएनन् पसलहरु बन्द भएका कारण नियमित खाद्ययन्न तथा अत्यावस्यकीय सामग्रीसमेत अभाव भयो ।

सार्वजनिक यातायात अबरुद्ध हुँदा नियमित आवतजावतसमेत प्रभावित भयो । बाढीका कारण भुईं तलाका विद्युतीय तथा अन्य सामग्ररी नष्ट भएका छन् । स्थानीयबासी सरकारसँग क्षतिपुर्तिको व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।

खोलानाला वरीपरीका जमीन मासिनु र ढलकाृे उचित निकास नहुँदा वर्षेनी यस्तै समस्या भोग्नुपरे उनीहरुको अनुभव छ । स्थानीयले सरकारसँग दिर्घकालीन योजना बनाई खोलानालाको उचित व्यवस्थापन गर्न र ढल निकासको व्यवस्था मिलाउन माग गरेका छन्।

बाढीका कारण भक्तपुर जिल्लामा भएको क्षतिको विवरण संकलनका लागि सरकारले काम थालेको छ । नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरीले उद्दारको काम थालेपनि प्रभावकारी बनिरहेको छैन । उद्धारका लागि डुंगाको समेत प्रयोग गरिएको छ । नेपाल प्रहरीका डिआईजी मनोज नेउपानेले अलपत्र परेका नागरिकको तत्काल उद्दारका लागि आफुहरु २४ सै घण्टा तयार रहेको भन्दै विपदमा परेकाहरु नागरिकले नेपाल प्रहरीको १०० नम्बर फोनमार्फत जानकारी दिन आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);