अव्यवस्थित शहरीकरण र बढ्दो जनघनत्वका कारण डुवानको सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अव्यवस्थित शहरीकरण र बढ्दो जनघनत्वका कारण डुवानको सास्ती

चितवन, २ असोज । अव्यवस्थित शहरीकरण र बढ्दो जनघनत्वका कारण अहिले चितवनको भरतपुर महानगरपालिका क्षेत्रका स्थानीयहरु डुवानको सास्ती खेप्न बाध्य छन् । पानीको निकास हुन नसक्दा थोरै वर्षात हुँदा पनि भरतपुरका मुल सडकहरु जलमग्न हुने गरेका छन् ।

वर्षाका कारण अहिले देश नै बाढि पहिरोको चपेटामा परेको बेला चितवन भने सामान्य पानी पर्दा समेत डुवानमा पर्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय अगाडि रहेको गेष्ट हाउस चौर, संगैको १० नम्बर वडा कार्यालय, जनक शिक्षा सामाग्री केन्द्रको कार्यालय परिसरमा अहिले पानी भरिएर आउजाउ गर्न नै नमिल्ने भएको छ । त्यति मात्र होईन भरतपुर १० मै पर्ने शिक्षा कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत परिसरको हालत पनि उस्तै छ ।

पुर्व पश्चिम राजमार्ग छेउको केन्द्रीय बस टर्मिनल अगाडि पनि पानी भरिएर हिड्न नमिल्ने भएको छ । मुलबाटो भएर जाने सवारीलाई बाटो काट्नै समस्या भएको छ । डुवानको जोखिममा परेका स्थानीयहरुले पानीको निकासका निम्ति स्थानीय प्रशासन र महानगरपालिकालाई आग्रह गरेका छन् । स्मार्ट सिटि बनाउने भन्दै महानगरपालिकाले विकासको नाममा बाटो कालोपत्रे गरेको तर पानीको निकासबारे नसोचेकाले यस्तो स्थिती आएको स्थानीयको गुनासो छ ।

तर महानगर भने स्थानीयको कुरामा सहमत छैन । हरेक घर हरेक व्यक्तिको समस्या हेरेर नसकिने भएकोले आईपरेका समस्याहरुलाई विस्तारै समाधान गर्दै लैजाने महानगरले बताएको छ । हानगरपालिकाबाट गैरजिम्मेवारीपुर्ण तर्क आउने र महानगपालिकाका मेयर रेणु दाहाल सम्पर्कमा नै नआउँने हुँदा स्थानीय सास्ती खेप्न बाध्य छन् । भरतपुर शहरका मुल बाटोहरुमै माछा मार्ने स्थितीको अन्त्य होस्, डुवानले सवारी आवागनमा बाधा नपुगोस् र स्थानीय सरकारले बुद्धिमतापुर्बक विकासको काम गरोस् भन्ने जनताको अपेक्षा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);