पानी निकासको उचित व्यवस्थापन हुन नसक्दा वर्षायाममा डुवानको जोखिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फुलमाया आले, साउन २८, काठमाडौँ ।

खोलानाला अतिक्रमण गरी घर, पर्खाललगायतका संरचना निर्माण गर्ने प्रवृत्ति बढ्दै जाँदा धेरै क्षेत्रमा डुबानको समस्या बढ्दो छ । अव्यवस्थित रुपमा र रेखाङ्कनबिना नै निर्माण गरिएका संरचनाकको कारण पानी निकासको उचित व्यवस्थापन हुन नसक्दा वर्षायाममा डुबानले थप समस्या सिर्जना गर्ने गरेको छ ।खोलाको जग्गा अतिक्रमण गरेकै कारण ललितपुरको नखु खोलामा आएको बाढीले केही बस्ती डुबानमा परेका छन् ।

 

पानीको उचित निकास नहुँदा देशभरका कतिपय क्षेत्रमा डुबानको समस्या बढ्दो छ । खोलाको दायाँ बायाँ रहेको जग्गा अतिक्रमण गरेर पर्खाल लगाउने र घर निर्माण गर्दा खोलाको क्षेत्र साघुरिँदै गएकोले कम पानी पर्दा पनि खोलामा पानी गाउँतिर बस्ने गरेको छ ।साथै सडक लगायत खाली भुभागमा पीच गर्ने र ढुङ्गा बिछ्याइएको कारणसडकको पानी सिधा खोलामा जाने र खोलामा पानी नअटेर गाउँ पसेको स्थानीय बताउँछन् ।

 

जग्गा धनीले पनि आफूखुसी जथाभावी रुपमा जग्गाको खण्डीकरण गर्दा पानी र ढल निकासमा उचित ध्यान दिन नसकेकाले पनिडुबानको समस्या बढेको छ ।१२ वर्षमा एक पटक खोलाले आफ्नो रुप लिन्छ भने झै नखु खोलाले आफ्नो रुप लिएर मानिसलाई जागरुक र सजक बनाउन खोजेको नखुका स्थानीय बताउँछन् ।

 

जग्गा दर्ता गर्दा स्वार्थ र दबाबका कारण जथाभावी रुपमा खोला छेउछाउको जग्गा व्यक्तिका नाममा दर्ता गरिएका कारण पनि अहिले आएर डुबानको समस्या सिर्जना भएको देखिन्छ ।

 

वर्षातको पानीले बसेर्नि डुबान हुँदा कतिपय बस्तीका बासिन्दा विस्थापित हुनुपर्ने समस्या पनि उत्तिकै बढीरहेको छ । तराईमासमथर भुभाग भएको कारणले त्यहाँका बस्ती बढी डुबानमा पर्ने गरेके देखिन्छ, भने राजधानी अतिक्रमण गरी घर, पर्खाललगायतका संरचना निर्माण गर्दा डुबानमा पर्ने गरेको छ । त्यसैले यसप्रति समयमा नै राज्यको ध्यान जान जरुरी छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);