वर्षाका कारण कञ्चनपुरका विभिन्न क्षेत्र जलमग्न | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

वर्षाका कारण कञ्चनपुरका विभिन्न क्षेत्र जलमग्न

badi

कञ्चनपुर। भारी वर्षाका कारण महेन्द्रनगर बजार सहित विभिन्न क्षेत्र डुबानमा परेका छन् । बजार क्षेत्रका सडकमा पानी भरिएको छ । राजमार्ग उत्तरका वस्ती डुबानमा परेका छन् । महेन्द्रनगर बजार सहित ऐठपुर, वसपार्क र सब्जीमण्डी क्षेत्र डुबानमा परेको छ ।

ती क्षेत्रका केही स्थानीयका घरभित्र पानी पसेको छ भने भीमदत्त नगरपालिका वडा नं. ११ भुजेला खोला आशपास क्षेत्रका १ सय भन्दा बढी घर डुबानमा परेका छन् । भीमदत्त ४ महेन्द्रनगरका सुनचांदी व्यवसायी बिमल सुनारले नगरपालिकाका बेवास्ताका कारण बजार क्षेत्रमा ढल निकासको बन्दोबस्त नहुदा हरेक बर्ष महेन्द्रनगर बजारको मुटु सब्जीमण्डी क्षेत्रमा डुबान हुने नरेको बताएका छन् ।

भीमदत्त नगरपालिका ११ का स्थानीय प्रकाश थापाले बढ्दो सहरीकरण अनुसार पानी निकासको व्यवस्था हुन नसक्दा भुजेला खोलाको पानी वस्तीमा आएर वस्तीका सबै घरहरु डुबानमा परेको बताएका छन् । कञ्चनपुर जिल्लामा पछिल्लो समय पानीको निकास नै अबरुद्ध हुने गरी भौतिक संरचना निर्माण हुन थालेपछि थोरै पानी पर्दा पनि मानव वस्तीहरु डुवानको समस्यामा पर्ने गरेका छन् । गएरातीदेखिको निरन्तर वर्षाको कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगर लगायत विभिन्न गाउँहरू जलमग्न बनेका ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);