खोलाले बगाउँदा झापामा दुई जनाको मृत्यु, पाँच बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

खोलाले बगाउँदा झापामा दुई जनाको मृत्यु, पाँच बेपत्ता

badi

२८ साउन, झापा । खोलाले बगाउँदा झापामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । कनकाई नदीमा आएको बाढीले बगाउँदा एक जनाएको ज्यान गएको छ भने झिलझिले खोलाले बगाउँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । पाँचजना मानिस बेपत्ता भएका छन् ।

 

कनकाई नदीमा आएको बाढीले बगाउँदा झापा गाउँपालिका– २ की कमला घोर्साइनेको ज्यान गएको छ । बाढीले आमाछोरीलाई नै बगाएको थियो । छोरी कमलाको मृत्यु भएको र आमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

 

यसैगरी झापा गाउँपालिका– २ कै कलिप्रसाद राजवंशीसहित उनको चार जनाको परिवारलाई कनकाई नदीले बगाएको छ । नदीले बगाएर बेपत्ता भएका उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

यसैगरी झिलझिले खोलामा आएको बाढीले बगाउँदा शिवसताक्षी– १ धरमपुरका २८ वर्षीय विजय पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी कार्य जारी रहे पनि अझै फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);