पर्वतमा खोलाले बगाउँदा गाडीमा सवार ३ जना बेपत्ता, गाडी मादी खोलामा भेटियो (अपडेट) | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पर्वतमा खोलाले बगाउँदा गाडीमा सवार ३ जना बेपत्ता, गाडी मादी खोलामा भेटियो (अपडेट)

पर्वत । पर्वतको कुश्मा नगरपालिका ८ मा पर्ने दोबिल्ला स्थित सुन्दरे खोलाले बगाउँदा गाडीमा सवार ३ जना वेपत्ता भएका छन् भने ५ वटा घर बगाएको छ ।

वर्षाका कारण मंगलबार राति साढे १० बजे थुनिएको खोला एक्कासी सवारी साधन सहीत तीन जना बेपत्ता हुनुका साथै पाँच पसलसमेत बगाएको हो । सवारी साधन मादी खोलामा भेटिएपनि गाडीमा सवार ३ जना अझै बेपत्ता रहेको बताइएको छ ।

उर्लिएको खोला पार गर्न खोज्दा मध्यपहाडी लोकमार्ग बिस्तारको काम गर्दै आएको लामा कन्ट्रक्सनको गाडीमा चढेको एक इन्जिनियर, चालक र एक सर्वसाधारणलाई गाडी सहित बाढिले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले गएराती देखि नै बेपत्ताकाे खोजी थालेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);