पर्वतमा खोलाले एउटा गाडी बगाउँदा गाडीमा सवार ३ जना वेपत्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

पर्वतमा खोलाले एउटा गाडी बगाउँदा गाडीमा सवार ३ जना वेपत्ता

पर्वत । पर्वतको कुश्मा नगरपालिका ८ मा पर्ने दोबिल्ला स्थित सुन्दरे खोलाले बगाउँदा एउटा गाडी र गाडीमा सवार ३ जना वेपत्ता भएका छन् ।

खोलाले पाँच पसल समेत बगाएको छ । वर्षाका कारण राती साडे १० बजे थनिएको खोला एक्कासी फुटदा खोलाले सवारी सहित पाँच पसल बगाएको हो । गएरातीको भिषण वर्षाले सुन्दरे खोला उर्लिएको थियो ।

उर्लिएको खोला पार गर्न खोज्दा मध्यपहाडी लोकमार्ग बिस्तारको काम गर्दै आएको लामा कन्ट्रक्सनको गाडीमा चढेको एक इन्जिनियर, चालक र एक सर्वसाधारण लाई गाडी सहित बाढिले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।

स्थनीयले प्रतेक्ष दर्शीका अनुसार काम सक्काए र आवासमा फर्कीन लाग्दा खोला सडकमाथीबाटै बगेर गाडी सहीत मोटरसाईकल समेत बगाएको हो । प्रहरीले राती देखी नै खोजी गरिरहेपनि अवस्था पत्ता लाग्न सकेको छैन ।

अहिले पनि दोबिल्ला खोला र मोदीखोलामा खोजी भैरहेको छ । राजमार्ग पुर्ण रुपमा बन्द गरीएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);