बाढीको कारण विभिन्न स्थानमा धनमाल नष्ट  | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

बाढीको कारण विभिन्न स्थानमा धनमाल नष्ट 

काठमाडौं। अविरल वर्षासँगै आएको बाढीले देशका विभिन्न स्थानमा धनमाल नष्ट गरेको छ ।

दार्चुलाको अपिहिमाल गाउँपालिका–४ मट खोलामा बुधबार आएको बाढीले सोही ठाउँस्थित मट खोला गाउँ र भट्टाड गाउँ जोड्ने काठे पुल बगाएको छ । पुल बगाउँदा आवतजावतमा बाधा परेको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ चापाकोटमास्थित ठाडो खोलामा बुधबार राति आएको बाढीले बा.९६ प ९८९७ नम्बरको मोटरसाइकल बगाएको छ । खोलाले मोटरसाइकल बगाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले मोटरसाइकल चालक बिदुर नगरपालिका–९ किम्ताङ बस्ने ३५ वर्षीय सुक बहादुर तामाङलाई उद्दार गरी उपचारका लागि काठमाडौं पठाएको छ। खोलाले सडकमा गेगर बगाई ल्याउँदा सडक अवरोध भएकोले खुलाउने पहल भइरहेको छ।

बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित क्युडी खोलामा बुधबार आएको बाढीले सोही ठाउँ बस्ने अभिमान लुहारको बाख्राको खोर र ८० घर परिवारको धान रोपेको खेत बगाएको छ।

घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);