बाढी र पहिरोका कारण मकवानपुरमा तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

साउन २९ , मकवानपुर । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण मकवानपुरमा तीन जनाको मृत्यु भएको छ ।

बकैया गाउँपालिका र वाग्मती गाउँपालिकामा खोलाले बगाएर दुईजना तथा पहिरोमा परी एक जनाको मृत्यु भएको हो । वाग्मती गाउँपालिका –१ का ५० वर्षीय पञ्चकुमार कुमाल तथा बकैया गाउँपालिका–१ की सुन्तलीमाया थिङ र वडा नम्बर ६ का ६० वर्षीय वीरबहादुर घलानको मृत्यु भएको प्रहरीले जनाएको छ । बकैया नदीमा आएको बाढीले बकैया गाउँपालिका –१ का ३० घर बगाएको छ ।

धनसर खोलामा आएको बाढीले ३ घर बगाएको छ भने सन्दै बजारका दुई जना बेपत्ता भएका छन् बाढी र पहिरोका कारण हेटौँडा–वीरगञ्ज र हेटौँडा–नारायणघाटतर्फको यातायात सेवा अवरुद्ध भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दवाडीले जानकारी दिनुभयो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);