अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशभरको जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशभरको जनजीवन प्रभावित

duban

काठमाडौं, १९ असार । अविरल बर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

देशका विभिन्न भागमा बाढी र पहिरोमा परी २ जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन् । रोल्पामा तीन जनाको ज्यान गएको छ । रुन्टीगढी गाउँपालिका– ५ स्थित सैवाङ गाउँमा भर भत्किंदा २२ वर्षीया आमा कमला विक, उनकी १८ दिनकी छोरी आयुषा विक र १५ वर्षीया चित्रा विकको मृत्यु भएको हो । वर्षापछि आएको बाढी र पहिरोका कारण बाँकेमा २ जना तथा कैलाली, सिन्धुली, चितवन, पर्सा, महोत्तरी र काठमाडौंमा एक एक जनाको मृत्यु भएको छ ।

बाँके र पर्सामा एक एक जना बेपत्ता भएका छन् । पर्सा, नवलपरासी, कैलाली लगायत जिल्लामा सयौं घर डुबानमा परेका छन् । कैलालीको भजनीमा कान्द्रा, काँडा र पथरैया नदीको बाढी गाउँमा पसेपछि घर डुबानमा परेकाले २२ परिवार विस्थापित भएका छन् । अविरल बर्षाका कारण विभिन्न स्थानका सडकसमेत अवरुद्ध भएका छन् । वर्षाले तराईका ठाउँ डुबानमा पर्न सक्ने र पहाडी भेगमा पहिरोको जोखिम बढाएको छ । बाढी पहिरोको जोखिम बढेपछि प्रशासनले सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न स्थानीयलाई अपिल गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);