सिन्धुपाल्चोकमा बाढी र पहिरोमा परी सात जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सिन्धुपाल्चोकमा बाढी र पहिरोमा परी सात जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा मंगलबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ भने कयौं वेपत्ता भएका छन् ।

अविरल वर्षाका कारण सिन्धुपाल्चाकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण सडकहरु भत्किएका छन् भने यातायात सम्पर्क विच्छेद भएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार डुबानमा परेको छ भने केही घर भत्किएका छन्, कम्तीमा पाँच पुल बगाएको छ ।

बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याम र नेशनल हाइड्रोपावरको ड्याम पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने नदी तटीय क्षेत्रमा भएका रिसोर्ट तथा ईको रिसिोर्ट गरी आधा दर्जन रिसोर्ट बगाएको छ । बाढीका कारण नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ । बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुलसमेत बगाएको छ ।

बाढी र पहिरोमा परी हाल सम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ । यतिबेला डुबानमा परेकाको उद्धारका सुरक्षा फौजको टोली घटनास्थल पुगेको छ । चौतारा र काभ्रेको धुलिखेलबाट २५० जनाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको गृह मन्त्रालयले जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रवती नदीमा आएको बाढीबाट प्रभावितको तत्काल उद्धार गरी राहतमा जुट्न अपिल गरेका गर्नूभएको छ । सभामुख सापकोटाले मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीका कारण तटीय क्षेत्रमा भएको अपूरणीय मानवीय र भौतिक क्षतिको खबरले स्तब्ध भएको बताउँदै विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरोले देशका विभिन्न स्थानमा क्षति पुर्याएको भन्दै कार्यकर्तालाई तत्काल आ–आफ्नो क्षेत्रबाट उद्दार र राहतमा खटिन निर्देशन दिनुभएको छ । वर्षाका कारण देशका विभिन्न भागहरुमा पहिरो जानुका साथै मूख्य राजमार्गहरु अवरुद्ध भएका छन् ।

नदीहरुमा बहाव उच्च रहेको र वर्षा नरोकिएकाले सतर्कता अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);