मेलम्ची बाढीमा परी बेपत्ता भएका मध्ये एक जनाको शव फेला, अन्यको खोजी कार्य जारी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

मेलम्ची बाढीमा परी बेपत्ता भएका मध्ये एक जनाको शव फेला, अन्यको खोजी कार्य जारी

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बाढीमा परी बेपत्ता भएका मध्ये एक जनाको पुरुषको शव फेला परेको छ । शवको सनाखत हुन नसकेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिएका हुन् ।

अधिकारी पोखरेलका अनुसार हालसम्म बाढीमा परी सात जना अज्ञात रहेको बताइएको छ । बेपत्ता भएका मध्ये एक जनाको शव फेला परेपनि अन्य ६ जनाको खोजी जारी रहेको बताइएको छ ।

जिल्ला अधिकारीका अनुसार बेपत्ता भएकाहरु कुन ठाउँमा रहेका थिए र के काम गर्थे भन्ने एकिन नभएका कारण अहिलेनै केही भन्न सकिने अवस्था नरहेको जानकारी दिएका हुन् । त्यस्तै ,बाढीमा फसेका तीन जना नेपाली र तीन जना चिनियाँ नागरिकलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी ललितपुरको बी एण्ड बी अस्पतालमा लगिएको बताइएको छ ।

हालसम्म बाढीमा फसेका ४५ जना नेपाली र विदेशी नागरिकको उद्धार भइसकेको प्रहरीले जनाएको छ । बाढीले आसपासका वस्तीहरु बगाएको र मंगलबार रातिदेखि विद्यूत सेवा पनि अवरुद्ध भएको छ । उक्त क्षेत्रमा बाढीका कारण भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);