ढोरपाटन बाढीपहिरो अपडेट : आठ जनाको शव फेला, १३ जना अझै बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ढोरपाटन बाढीपहिरो अपडेट : आठ जनाको शव फेला, १३ जना अझै बेपत्ता

बाग्लुङ, १८ भदौ । बाग्लुङको ढोरपाटन नगरपालिकामा गएराति आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ। सुकुर्दुङस्थित भुजीखोलाको बाढीमा अझै १३ जना बेपत्ता भएका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार बाढीले १३ घर बगाएको छ । घटना स्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन ।

बेपत्ता र मृतकको संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले बताउनुभयो ।

हालसम्म ढोरपाटन नगरपालका ९ को लाँकुरीबोट १५ घर, दुनेपँधेरामा ५ घर, घट्टबोटमा ८ घर र सुप्राङ २ घर बगाएको छ भने सरस्वती आधारभूत विद्यालय र जनचेतना प्राथमिक विद्यालय समेत बाढीले बगाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);