बाढीले सडक बगाउँदा राहत वितरणमा समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बाढीले सडक बगाउँदा राहत वितरणमा समस्या

सुवास आचार्य
बाग्लुङ, २७ भदौ ।
बाग्लुङको ढोरपाटनको भुजीखोलामा आएको वाढीले १० किलोमिटर सडक अवरुद्ध हुँदा वाढी प्रभावितको लागि राहत र पुर्नस्थापनामा समस्या भएको छ । भदौ १७ गते राति आएको बाढीले सालझण्डी–ढोरपाटन सडक खण्डमा ठूलो क्षति पु¥याएपछि राहत पु¥याउन समस्या भएको हो ।

बाग्लुङ ढोरपाटनको देउराली नजिकै वुर्तिवाङमा खसेको पहिरोले थुनिएको खोला अचानक फुटे पछि भदौ १७ गते भुजीखोलामा ठुलो बाढी आएको थियो । बाढीले ढोरपाटन नगरपालिका वडा नम्बर ५, ६, ७, ८ र ९ का तटीय बस्तीमा क्षति पु¥याउनुका साथै करिब १० किलोमिटर सडक बगाएको छ । बाढीका कारण हालसम्म २२ जनाको मृत्यू भईसकेको छ भने १६ जना अफै बेपत्ता छन् ।

बाढीपीडितहरुका लागि अहिले विभिन्न स्थानहरुबाट राहत सहयोग आएको भएपनि पीडितसम्म पु¥याउन सकिएको छैन । सडक अवरुद्ध भएपछि विभिन्न क्षेत्रबाट आएको राहत वुर्तिवाङ बजारमा थुप्रिएको छ ।

ढोरपाटन नगरपालिकाले राहत वितरणका लागि एकद्वार प्रणाली लागु गरेपछि आएका सम्पुर्ण राहत वुर्तिवाङमा रोकिएको छ । समयमा राहत नपाउँदा बाढीले परिवारका सदस्य गुमाएका र घरवार विहिन भएकाहरुको विचल्ली भएको छ ।

बाढीले ८० घर पूर्ण र ७१ घरसहित १ सय ७१ भौतिक संरचनामा क्षति पुगेको छ । बाढीले सबैभन्दा बढी ढोरपाटन नगरपालिका–९ मा ठूलो जनधनको क्षति गरेको छ । घरवार विहिनको व्यवस्थापनको लागि दिर्घकालिन योजना बनाई रहेको संघीय सांसद देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

ठूलो जनधनको क्षति भएकाले तीन तहको सरकारबीच समन्वय गरेर बाढी प्रभावित नागरिकका समस्या हल गरिने जनाईएको छ । अहिले तत्कालका लागि अस्थायी बसोबास, र तत्कालको आवश्यता हल गरे पछि बस्ति व्यवस्थापनमा लाग्ने तयारी गरिएको बागलुङ नगरपालिका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनु भयो ।

बाढीले भूजीखोलाको किनाराबाट गएको सालझण्डी–ढोरपाटन सडक सहित ११ लघु जलविद्युत् आयोजना, २ विद्यालय, एक स्वास्थ्य चौकी र ११ झोलुंगे पुल बगाएकोे छ । यसले गर्दा राहात सामग्री समेत पु¥याउन कठिन परेको छ ।

सालझण्डी ढोरपाटन सडक आयोजनासँगको सहकार्यमा तत्कालै सडक खुलाउने गरी काम तीव्ररुपमा भइरहेको छ । तत्कालै साना सवारी ढोरपाटनको देउराली पु¥याउनका लागि रु पाँच करोड लागत अनुमान गरिएको छ भने पुरानै अवस्थामा सडक फर्काउनका लागि झण्डै रु ६० करोड खर्च लाग्ने प्रारम्भिक अध्ययन छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);