सिन्धुपाल्चोकको बाह्रबिसे जम्बुमा पहिरोमा पुरिएका २ जनाको शव फेला, १८ जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सिन्धुपाल्चोकको बाह्रबिसे जम्बुमा पहिरोमा पुरिएका २ जनाको शव फेला, १८ जना बेपत्ता

काठमाडौं, २५ असार । बुधबार राति परेको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएका २ जनाको शव फेला परेको छ भने अन्य १८ जना बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले २ जनाको शव फेला परेको र दर्जनभन्दा बढी घर बगाएको जानकारी दिनुभयो ।

शव फेला पर्नेहरुमा बाह्रबिसेको जम्बु बजार निवासी २० वर्षीय नीकेश बस्नेत र उनकी तीन वर्षीय छोरीको रहेका छन् । त्यसै गरि थाकसेल र सोतागंमा पनि बाढीले बस्ती बगाएको छ । बाढीले मध्ये भोटेकोशी जलविद्युत आयोजनाको स्टोर पनि बगाएको छ ।

पहिरोका कारण जुरे, बाह्रबिसे लगायतका क्षेत्रमा सडक अवरुद्ध भएको छ । बेपत्ताको खोजी र उद्धारको काम भैरहेको नगर प्रमुख शेर्पाको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);