लिदी पहिरोमा पुरिएका ३२ जनाको शव फेला, ७ अझै वेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लिदी पहिरोमा पुरिएका ३२ जनाको शव फेला, ७ अझै वेपत्ता

pahiro

सिन्धुपाल्चोक, ६ भदौ । नौ दिन अघि सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये आज थप दुइको शव फेला परेको छ । आज एक महिला एक बालीकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

३५ वर्षियि सानु कान्छि दोङ र ४ वषिय करीश्मा दोङको शव फेला परेको छ । यससँगै पहिरोमा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । ७ जना अझै बेपत्ता छन् । हालसम्म शव फेला परेकामध्ये १६ पुरूष र १६ महिला छन् । तीमध्ये १५ बालबालिका मात्रै छन् । बेपत्ताको सशस्त्रका निरीक्षक श्रेष्ठ, नेपाल प्रहरीका निरीक्षक हरि भट्टराई तथा सेनाका क्याप्टेन शैलेन्द्र बिष्टको नेतृत्व खोजी भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);