बाह्रबिसे पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुग्यो, २३ जना अझै बेपत्ता

सिन्धुपाल्चोक, २८ भदाै । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङमा पहिरो खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता भएका छन् । गतराति परेको अविरल वर्षाका कारण नागपुजे, भीरखर्क र डाँडागाउँमा गएको पहिरोमा २४ घर पुरिएका छन् ।

पहिरो गएको स्थानमा खोजी गर्दा ८ महिला र १ पुरुष गरी ९ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।स्थानीय फड्के खेतबाट खसेको पहिरोले २४ घर पुरिएका हुन ।

पहिरोमा परेर बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको जनाइएको छ । यसैगरी पहिरोमा परेर घाइते भएका ३ जनाको बाह्बिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

Leave a Reply