कंगोकोे पूर्वी क्षेत्रस्थित एक सुनखानीमा पहिरोः ५० बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कंगोकोे पूर्वी क्षेत्रस्थित एक सुनखानीमा पहिरोः ५० बढीको मृत्यु

एजेन्सी, २८ भदौ । प्रजातान्त्रिक गणतन्त्र कंगोकोे पूर्वी क्षेत्रस्थित एक सुनखानीमा पहिरो जाँदा ५० जना भन्दा बढीको मृत्यु भएको छ ।
.
स्थानीय अधिकारीहरुले जनाएअनुसार जनाएअनुसार दक्षिण किवु प्रान्तको कमितुगा सहरमा धेरै दिनको भारी वर्षापछि पहिरो गएको हो ।

प्रान्तीय गभर्नर थेओ एनग्वाबिड्जे कासीले शनिबार विज्ञप्तिमार्फत् घटनाको पुष्टि गर्नुभएको छ । पीडितमध्ये केही बालबालिकासहित अधिकांश युवा रहेको बताइएको छ । उद्धारकर्ताहरू मृतकको सनाखत गर्न र खानीबाट शवहरू बाहिर निकाल्न निरन्तर खटिरहेको बताइएको छ ।

खानीका लागि खनिएका तीनवटा गहिरा खाडलमा पानी पसेका कारण पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो । घटनाललाई लिएर कमितुगा सहरका मेयर अलेकज्यान्डर बुन्ड्याले दुई दिनको शोक घोषणा गर्नुभएको छ ।

दक्षिण किवु प्रान्तमा खानीको अवैज्ञानिक उत्खनन गर्दा हरेक वर्ष स्थानीय बस्ती र वरपरका क्षेत्रमा पहिरो जाने र सयौँ नागरिकले अकालमा ज्यान गुमाउने गर्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);