अबिरल वर्षासंगै पहिरो जाँदा बागलुङमा ३ बालबालिका र १ महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

अबिरल वर्षासंगै पहिरो जाँदा बागलुङमा ३ बालबालिका र १ महिलाको मृत्यु

बागलुङ, १३ साउन । अबिरल वर्षासंगै पहिरो जाँदा बागलुङमा ३ बालबालिका र १ महिलाको मृत्यु भएको छ । बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर २ खौलेसुमाङमा घर पुरिदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय पानबहादुर बिकका १३ वर्षीय छोरा खिम वहादुर बिक ११ वर्षीय छोरी रिता बिकको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी निसिखोला गाउँपालिका वडा नम्बर १ मा घर पुरिदा स्थानीय कमल परियारका ३ वर्षीय छोरा समिर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । प्रहरी र स्थानियले मृतकको शव निकालेको जनाईएको छ । यस्तै निसिखोला गाउपालिकाकै वडा नम्वर ६ को खोला किनारमा ५२ वर्षीय महिला मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);