पर्सामा संक्रमित संख्या बढेपछि सुरक्षा समिति सिमाको अनुगमनमा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

पर्सामा संक्रमित संख्या बढेपछि सुरक्षा समिति सिमाको अनुगमनमा (भिडियाेसहित)

काठमाडौं, १३ साउन । खुल्ला सिमानाका कारण पर्सामा संक्रमित संख्या बढ्दै गएपछि सुरक्षा समितिले खुल्ला सिमाको अनुगमन गरेको छ । पर्सा जिल्लामा खुल्ला सिमानाका कारण गत दुई सातामा १ सय भन्दा बढी संक्रमित देखा परेपछि खुल्ला सिमानामा स्थानिय प्रशासन र प्रहरीले सयुक्त रुपमा आज अनुगमन गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तको संयुक्त टोलीले अनुगमन पश्चात नाकाहरुमा कडाइ गर्न अनुमती दिएको छ । अनुगमनका क्रममा बोल्दै उपरिक्षक गंगा पन्तले सीमा नाकामा अझ कडाइका साथ सिल जानकारी दिनुभयो ।

पर्सा, बारामा संक्रमित बढेकोले सिमा नाकाको स्थलगत अवलोकन र अनुगमन गरिएको र सोही अनुसार सुरक्षा कडाइ गरिने सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतको भनाई छ । पर्सा जिल्लामा गत शनिबारदेखि निषेधाज्ञा जारी गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);