भारतबाट लुकिछिपी भारतीय नागरिकहरु नेपाल प्रवेश (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भारतबाट लुकिछिपी भारतीय नागरिकहरु नेपाल प्रवेश (भिडियाेसहित)

पर्सा, १२ साउन । खुल्ला सिमानाको कारण पर्सामा भारतबाट लुकिछिपी भारतीय नागरिकहरु नेपाल प्रवेश गरिरहेका छन् । कोरोना भाईरसको कारण गरिएको बन्दाबन्दीको समयमा भारत फर्केका पर्साका उद्योगहरूमा कार्यरत भारतीय मजदूरहरू फेरि लुकिछिपी नेपाल प्रवेश गर्न थालेका हुन् । भारतीय नागरिक नेपाल प्रवेश गर्न थालेसंगै पर्सा जिल्लामा कोरोनाको संक्रमण बढ्न थालेको छ ।

भारतीय कामदार नेपाल भित्रीदा कोरोना संक्रमणको जोखिम झनै बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले नेपाल भित्रने भारतीय कामदारको खोजी सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वीरगञ्ज उद्योग वाणिज्य कार्यालयको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका भित्र रहेको कलकारखानामा अनुगमन गरि कार्यरत कामदार तथा कर्मचारीहरुको विवरण माग गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);