कोरोना संक्रमित व्यक्तिहरु भारत पठाएको भन्ने समाचारप्रति जालिम मियाँको गम्भिर आपति | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

कोरोना संक्रमित व्यक्तिहरु भारत पठाएको भन्ने समाचारप्रति जालिम मियाँको गम्भिर आपति

parsa

पर्सा, २९ चैत । कोरोना भाइरसबाट संक्रमीत ब्यक्तिहरुलाई नेपालबाट भारतमा पठाएर षडयन्त्र गरेको भन्दै भारतीय संचारमाध्यममा प्रशारित समाचारप्रति पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मिया अन्सारीले गम्भिर आपति र असहमती जनाउनु भएको छ ।

भारतीय सरकारको स्थानीय सिमा सुरक्षा बलको हवाला दिएर जिल्ला प्रशासन पश्चिमी चम्पारण वेतीया बिहार भारतले आफ्नो नाम राख्दै सबै सिमा नाकाहरुमा पठाएको पत्रको हवाला दिएर आफू बिरुद्ध प्रशारीत समाचार पुष्टि गर्न चुनौती दिनु भएको छ ।

कोरोना भाइरसवाट संक्रमीत बनाएर मैले देखि ५० जना मान्छे भारत पठाउने कुरा आजको युगमा सभ्य र शिक्षित समाजले पत्याउने कुरा नभएको र भारतिय संचारमाध्यमले यसरी अपवाह फैलाउनु दुःखद् भएको उहाँको भनाई छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिनकालागि नेपाल र भारत दुशै देशमा लकडाउन घोषणा गरिएको छ । दुबै देशका नागरिक जो जाहाँ छ उसलाई त्यही देशमा क्वारेन्टिनमा राख्ने सरकारप्रमुख वीचको सहमती भएपनि भारत तर्फबाट लकडाउनको समयमा लुकीछिपी नेपाल प्रवेश गर्नेहरुलाई पहिचान गरिएजति सबैलाई क्वारेन्टिनमा राखिएको छ ।

ताजा समाचार