राष्ट्रिय सभा उपनिर्वाचनका लागि मतदान स्थलको सम्पूर्ण तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रिय सभा उपनिर्वाचनका लागि मतदान स्थलको सम्पूर्ण तयारी पुरा

मकवानपुर । राष्ट्रिय सभा उपनिर्वाचनका लागि मतदान स्थलको सम्पूर्ण तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखीमका बीच हुन गईरहेको निर्वाचनमा आयोगको निर्देशन अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइने बताईएको छ ।

निर्वाचन गराउन हेटौँडाको भुटनदेबी उच्च माविमा ३ वटा मतदान केन्द्रको ब्यवस्था गरिएको छ । एकसय ९ जना प्रदेश सांसदका लागि एउटा मतदान केन्द्र्र एक सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुईसय ३८ मतदाताका लागि एउटा मतदान केन्द्रको ब्यवस्था मिलाईएको छ । यी मतदाता मध्य कोरोना संक्रमीत मतदाताका लागि छुट्टै मतदान केन्द्र तोकीएको छ ।

निर्वाचनमा सहभागी हुने कर्मचारी, मतदाता र सुरक्षाकर्मीको अनिवार्य पिसीआर ब्यवस्था गरिएको प्रदेश निर्वाचन कार्यालयका शाखा अधिकृत गोविन्द प्रसाद पौडेलले जानकारी दिए । पीसीआर नभएका मतदाताको मतदान स्थलमै एन्टीजेन्ट बिधीबाट कोरोना परिक्षण गरी मतदानमा सहभागिता गराउने व्यवस्था मिलाईएको छ ।

राष्ट्रिय सभा उपनिर्वाचनमा बाग्मती प्रदेशका एकसय ९ प्रदेश सांसद र यसै प्रदेशका एकसय १९ वटा स्थानीय तहका प्रमुख उपप्रमुख दुई सय ३८ गरी ३ सय ४७ मतदाता सहभागी हुनेछन् । मतदान स्थलमा भिड हुन नदिन बाहीर टेण्ट राखेर बस्ने ब्यवस्था मिलाईएको छ ।

कोभिड संक्रमीत मतदातालाई छुट्टै प्रबेशद्वार र छुट्टै मतदान केन्द्रको ब्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान स्थलमा दुई मिटर दुरीमा उभिन गोलो रातो घेरा बनाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);