मौन अवधिमा मत माग्ने लगायत प्रचारप्रसारका काम नगर्न आयोगको अनुरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

मौन अवधिमा मत माग्ने लगायत प्रचारप्रसारका काम नगर्न आयोगको अनुरोध

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य पदका लागि बिहीबार हुन लागेको उपनिर्वाचनलाई मत माग्ने लगायत प्रचारप्रसारका काम नगर्न अनुरोध गरेको छ ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले जेठ ३ गते राति १२ बजेदेखि नै मौन अवधि सुरू भएकोले यसबीचमा मत माग्ने गरी उम्मेदवारको प्रचारप्रसारका साथै समाचार प्रकाशन-प्रशारण गर्न नगर्न अनुरोध गरेको हो ।

बुधबार प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उम्मेदवार गृहमन्त्री रामबहादुर थापाका पक्षमा मत दिन अपिल गरेका थिए । त्यसको केही समयपछि प्रेस विज्ञप्ति जारी गर्दै आयोगले मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस

उपनिर्वाचनमा थापालाई जिताउन अध्यक्ष ओलीको अपील

बिहीबार बागमती प्रदेशमा अन्यतर्फ रिक्त एक पदका लागि राष्ट्रिय सभा उपनिर्वाचन हुँदैछ । बिहान ९ देखि ३ बजेसम्म मतदान हुनेछ । उपनिर्वाचनमा ३ सय ४८ जना मतदाता रहेका छन् । जसमध्ये १ सय १० प्रदेश सभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुख २ सय ३८ जना रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);