निर्वाचनका लागि प्रचारप्रसार गर्ने समय सकियो, सोमबार मध्यरातिदेखि मौन अवधि सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, १९ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि दोश्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा गएराति १२ बजेपछि प्रसार प्रसार गर्ने समय सकिएको छ। निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मौन अवधि सुरु भएपछि उम्मेद्वारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न-गराउन निषेध गरिएको जनाएको हो।

निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यम समेत कुनैपनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन पाइँदैन।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले अनुसार एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् समेत मत माग्न र निर्वाचन प्रचार-प्रसार नगर्न समेत आग्रह गरेका छन्।

मौनअवधिमा सञ्चार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिता विपरीत हुने कुनैपनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);