राति १२ बजेदेखि मौन अवधि सुरु, कुनै पनि प्रचार प्रसार गर्न नपाइने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, ७ मंसिर । पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा उम्मेदवारले कुनैपनि माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

मतदान सुरु हुनुभन्दा अघिल्लो ४८ घण्टाको समय नै मौन अवधि हो । मौन अवधिमा चुनाव प्रचारप्रसार लगायत मतदातालाई प्रभावित पार्ने गतिविधि गर्न पूर्णत रोक लगाइने निर्वाचन आयोगले जनाएको छ ।

मन्त्रीदेखि सरकारी तथा गैरसरकारी निकाय, प्रदेश, स्थानीय तहका कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, पर्यवेक्षक र संचारकर्मीलाईसमेत मौन अवधीले बाँधेको छ ।

मौन अवधिमा के-के गर्न पाइँदैन ?

-मौन अवधीमा मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका निर्वाचन चिन्ह तथा प्रचार सामग्री हटाइएको हुनुपर्ने छ ।

-एसएमएस, फेसबुक, भाइवर, ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समेत मतदातालाई प्रभावित पार्नेगरी प्रचारप्रसार गर्न पाईदैन ।

-उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न पाईंदैन ।

-उमेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन-प्रसारण गर्न पाइने छैन ।

-मौन अवधिमा प्रतिवन्ध लगाइएका गतिविधि गरे कानुन बामोजिम कार्बाही हुने आयोगले जनाएको छ ।

-मौन अवधिमा चुनावी प्रचारप्रसार गर्न नपाइने भएपछि उम्मेदवार र दलका कार्यकर्ता गोप्य रुपमा मतदातालाई प्रभाव पार्ने कोसिसमा रहन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आयोगले सुष्म अनुगमन टोली खटाएको जनाएको छ ।

-आयोगले मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गरी वा उम्मेदवारको समर्थन वा विरोध हुनेगरी समाचार वा अन्य कार्यक्रम प्रकाशन-प्रसारण नगर्न सञ्चारमाध्यमको ध्यानाकर्षणसमेत गराएको छ।

-आइतबार हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मतदान हुँदै छ । मतदानको लागि विहान सात बजे देखि अपरान्ह ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);