निर्वाचन आचारसंहित पूर्ण पालना गर्न संचारकर्मीहरुसँग निर्वाचन आयोगको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं, ८ मंसिर ।  निर्वाचन आयोगले आईतबार पहिलो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहित पूर्ण पालना गरिदिन संचारकर्मीहरुसँग पनि आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मौन अवधिमा निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न सम्पूर्ण संचारकर्मीहरुसँग आग्रह गरेका हुन् । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मतदातालाई आफ्नो विवेक प्रयोग गरेर स्वतन्त्रतापूर्वक मतदान गर्ने वातावरण बनाई दिन पनि संचारकर्मीहरुको ध्यानाकर्षण गराए । आईतबार ३२ वटा जिल्लामा हुने निर्वाचनका लागि विहिबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले मौन अवधिमा मतदातालाई प्रभावित तुल्याउने कुनैपनि गतिविधि नगर्न सबै उम्मेदवार, राजनीतिक दल र सरकारलाई सचेत गराउँदै आएको छ ।

निर्वाचन आयोगले मतदातालाई सहजतापूर्वक मतदान गर्न पाउने गरी मतदान स्थलको व्यवस्था गर्न पनि सम्बन्धित मतदान अधिकृतलाई सचेत गराएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले मतदातालाई मतदान गर्न सहज हुने गरी मतदान स्थलको व्यवस्था गर्न सम्बन्धित मतदान अधिकृतहरुलाई सचेत गराउनु भएको हो । मटपेटिकासहित सबै मतदान अधिकृतहरु सम्बन्धित मतदान केन्द्रमा पुगी सकेका छन ।

प्रमुख निर्वाचन आयुक्त यादवले आजैबाट मतदात परिचय पत्र वितरणको काम पनि सुरु गरिएको जानकारी दिनु भयो । निर्वाचन आयोगले शुक्रबार र शनिवार सम्बन्धित मतदान केन्द्रबाटै मतदाता परिचय पत्र वितरण गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);