निर्वाचन सम्बन्धी सम्पूर्ण आचार संहिता पालना गर्न निर्वाचन आयोगको अपिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

निर्वाचन सम्बन्धी सम्पूर्ण आचार संहिता पालना गर्न निर्वाचन आयोगको अपिल

nirbachan ayog

काठमाडौं, ७ माघ । निर्वाचन आयोगले माघ ९ गते बिहिबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचन सम्बन्धी आचार संहिता पूर्ण पालना गर्न सम्पूर्ण दल तथा तीनै तहका सरकारलाई अपिल गरेको छ ।

आयोगले निर्वाचनको मौन अवधि सुरु भईसककाले सो अवधिमा आचार संहिता विपरितका काम कारवाही नगर्न, त्यस्ता क्रियाकलापका लागि उक्साहट नगर्न सबैलाई अपिल गरेको हो ।

मंगलबार संचारकर्मीसंगको कुराकानीमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचार संहिता बमोजिम सोमबार राति १२ बजे देखि मौनअवधि शुरु भइसकेकाले यस अवधिमा कुनैपनि सञ्चार माध्यमबाट निर्वाचन प्रचार प्रसार नगर्न नगराउन आग्रह गर्नुभएको हो ।

आयोगले मौन अवधिमा आचार संहिताको पालना भएनभएको अनुगमन तथा सुपरिवेक्षण गर्न सबै जिल्ला निर्वाचन कार्यालय र सातवटै प्रदेशका उच्च अदालत रहेका जिल्लामा मतदान सम्पन्न गर्न स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयले गर्ने जनाएको छ । माघ ९ गते हुन लागेको निर्वाचनका लागि सोमबार राती देखि मौन अवधि सुरु भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);