राष्ट्रिय सभा निर्वाचनको मौन अवधि शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि शुरु

rastriya sava

काठमाडौं, ७ माघ ।  गएराति १२ बजेबाट शुरु भएको मौन अबधिमा निर्वाचनमा भाग लिएका दल तथा उम्मेदवारहरुले प्रचारप्रसार, भेला, ¥याली तथा सञ्चारमाध्यामहरुको प्रयोग गरेर निर्वाचन केन्द्रित गतिविधि गर्न पाउने छैनन् । निर्वाचन आयोगले दल दर्तादेखि उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्नेसम्मका कार्य पूरा गरिसकेको जनाएको छ ।

निर्वाचनकै दिन मतपरिणाम घोषणा गर्ने आयोगको तयारी छ निर्वाचनमा भाग लिन ११ वटा दल दर्ता भएकामा ६ वटा दलले मात्र निर्वाचन चिन्ह पाएका छन् । सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल काँग्रेस मुख्य दलको रुपमा देखिएका छन् । १८ पदका लागि ४५ जनाको उम्मेदवारी परेको छ । सात वटै प्रदेशमा निर्वाचन हुँदैछ ।

५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जनाले निर्वाचन प्रक्रियामा भाग लिनु पर्दछ भने ३ जना सदस्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गर्ने संवैधानिक प्रावधान छ । यसअघि भएको निर्वाचनबाट दुई वर्षे कार्यकालका छानिएका १८ र मनोनित गरी १९ सदस्य पद खाली छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);