चितवन–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

चितवन–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आग्रह

काठमाडौं, ७ फागुन । आगामी बैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनमा  भाग लिन दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ । आयोगले फागुन १० गतेदेखि १६गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो ।

नयाँ दलहरुले उपनिर्वाचनमा भाग लिन नपाउने भएका छन् । २०७९ फागुन ५ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरुले उपनिर्वाचनमा भाग लिन फागुन १६गतेसम्म दल दर्ता निवेदन आयोगमा पठाइसक्नुपर्ने रहेछ ।

गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले निर्वाचित भएका थिए । तर, नागरिकता विवादमा सर्वोच्च अदालतले उनको उम्मेदवारी बदर गर्दै पदसमेत खारेज गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि आगामी चैत्र २० गते उम्मेदवारको मनोनयन दर्ता,२१ गते उम्मेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको आयोगले जनाएको छ। आयोगले चैत २३ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);