राष्ट्रपतिबारे माओवादीसँग पहिलै सहमति भइसकेको छ : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

राष्ट्रपतिबारे माओवादीसँग पहिलै सहमति भइसकेको छ : ओली

काठमाडौं, ७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिका साथ एमालेका उम्मेदवार राष्ट्रपति निर्वाचित हुने ठोकुवा गरेका छन् । राष्ट्रिय खेलकुद महासंघको अधिवेशन उद्घाटनका लागि विराटनगर पुगेका ओलीले यस्तो बताएका हुन् ।

ओलीले राष्ट्रपतिको विषयमा माओवादी केन्द्रसँग पहिला नै सहमति भइसकेको बताए । राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई साथ नदिने कल्पना बाहिरको कुरा भएको समेत दाबी गरे । माओवादीको नेतृत्वसँग सहमति भएको उनको भनाई थियो ।

पत्रकारसँग कुरा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था र दलहरुबीच सहकार्यको प्रस्तावको कुनै अर्थ नभएको पनि स्पष्ट पारे । ज्ञानेन्द्र शाह अझै अलमलमा रहेको समेत उनको भनाइ थियो । राष्ट्रपति उम्मेदवारको टुंगो १३ गते उनले लगाउने बताए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);