अध्यक्ष ओली र नेपालबीच साँझ भेटवार्ता हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

अध्यक्ष ओली र नेपालबीच साँझ भेटवार्ता हुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओली र माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । शुक्रबार साँझ ६ बजे सिंहदरबारमा भेटवार्ता हुने भएको हो ।

साँझ हुने वार्तामा ओली र नेपालले आफू निकट नेताहरुलाई पनि सामेल गराउने एमालेका नेता सुवास नेम्वाङले बताए ।

बिहीबार दिउँसो चपटी हाईट स्थिथ ब्यावसायीक क्यापटेन रामेश्वरको निजी निवासमा ओली र नेपालबीच बिहीबार दिउँसो लामो संवाद भएको थियो ।

उक्त संवादमा एमालेभित्रको विवाद मिलाउने सहमति भएपछि नेपाल समूहका सांसदहरुको राजीनामा केहि दिनका लागि टरेको हो । नेपाल समूह पछि हटेसँगै बिहीबार राति नै संविधानको धारा ७६ (३) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई आजै शपथ ग्रहण समेत गराइसकेकी छिन् । ओलीले आजै पदभार ग्रहण समेत गर्दैछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);