अध्यक्ष ओली र नेपालबीच छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अध्यक्ष ओली र नेपालबीच छलफल सुरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीबार बार्ता सुरु भएको छ। केहीबेर अघि सुरु भएको सो छलफलमा पार्टी भित्र उत्पन्न समस्या समाधानका बिषयमा केन्द्रित हुने छ। मेरियट होटलमा सुरु भएको सो छलफलले निकास निस्कने पार्टीका नेता तथा कार्यकर्ताले अपेक्षा गरेका छन् ।

बुधबार साँझ पनि दुई नेताबीच मेरियट होटलमा छलफल भएको थियो र बिहीबार पुनः कुराकानी हुने भनिएको थियो । त्यसअनुसार दुई नेताबीच भेटवार्ता सुरु भएको हो ।

बुधबार भएको भेटवार्तामा अध्यक्ष ओलीले पार्टीमा आएको उतारचढावबारे लामो कुराकानी गरेको भनिएको थियो । भेटसँगै दुई नेताबीचको लामो संवादहीनता तोडिएको भनिएको थियो, तर सहमतिको कुनै प्रस्ताव नआएको नेताहरूले बताएका थिए ।

नेपाल समूहका चार प्रदेशसभा सदस्यले कर्णालीमा फ्लोर क्रस गरेपछि मंगलबार माधव नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधिएको छ । चित्तबुझ्दो स्पष्टीकरण नआए १० गते बस्ने महाधिवेशन आयोजक समितिको बैठकले कारबाही गर्ने ओली समूहका नेताहरुले बताउँदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);