हाम्रै मिडियाले मेरो समाचार छापेनन् : अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

हाम्रै मिडियाले मेरो समाचार छापेनन् : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पक्षमा सञ्चार माध्मले समाचार नछापेकोमा असन्तुष्टि ब्यक्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवस तथा लेनिन जयन्तीमा अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रचण्डले भने , ‘मैले बिहानै मुख्य पत्रिकामा हेरेँ, लेनिनबारे लेखेको देखिनँ ।’ आफूहरु पक्षकै पत्रकारले चलाउने अनलाइनमा पनि लेलिन र आफ्नो विज्ञप्तिबारे नलेखिएको भन्दै उनले असन्तुष्ट ब्यक्त गरेका छन । फरक शैलिमा उनले भने ‘हाम्रै साथीले चलाउने अनलाइनमा पनि लेलिनको चर्चा देखिनँ, मैले वक्तव्य निकालेको थिएँ, त्यो वक्तव्यलाई लिएर केही न केही चर्चा भएकै होला भनेको कुनै चर्चा भएको रहेनछ, कुनै न कुनैमा थियो होला, यति ठूलो कम्युनिष्ट पार्टीको चर्चा किन भएन?’

नेपालमा नामका मात्र धेरै कम्युनिष्ट पार्टी भएका भन्दै उनले सकेसम्म नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने उद्देश्य राखिएको भएपनि त्यो पूरा हुन नसकेको बताए । नेपालमा माक्र्सवादको बहस चलाउनुपर्ने बताउँदै प्रचण्डले भने, सबै कम्युनिष्ट क्रान्तिकारीलाई माक्र्सवाद, लेलिनवाद, विचार सिद्धान्तबारे ठूलो बहस चलाउन आवश्यक छ, सबै कम्युनिष्ट आन्दोलनमा लागेका लगायत पार्टी पंक्तिलाई म अपिल गर्छु,आजको विश्व र राष्ट्रिय परिस्थितिलाई चिरेर लैजाने विचार, राजनीतिमा सश्लेषण, विश्लेषण आवश्यक छ ।’ कम्युनिष्ट पार्टी वैचारिक हिसाबले आफै स्खलित भएको भन्दै उहाँले यसबाट पार लगाउन पनि बहस जरुरी रहेको बताएका छन ।

ठूलो राजनीतिक परिवर्तन ल्याउन नेपालमा कम्युनिष्टको भूमिका निक्कै ठूलो रहेको प्रचण्डले बताए । ‘सामन्तवाद परास्त गर्न, राजतन्त्रलाई परास्त गरेर गणतन्त्र स्थापना गर्न र नयाँ संविधान बनाउन पनि कम्युनिष्टहरुको भूमिका महत्वपूर्ण रह्यो’– प्रचण्डको भनाइ छ । पछिल्लो चरणमा माओवादी जनयुद्ध र जनआन्दोलनको भूमिका अझ प्रभावकारी भएको प्रचण्डको दाबी छ । एमाले र माओवादी एक हुँदा जनतामा उत्साह छाएको र विश्वले चर्चा गरेको भएपनि पार्टीभित्रैबाट विघटन, विचलन, विभाजन र आत्मसर्मपणको खेल भएको प्रचण्डले बताए । उनले भने ‘वैदेशिक प्रतिक्रियावादको अगाडि सम्पूर्ण रुपमा आत्मसर्मपण गरेर कम्युनिष्ट आन्दोलनलाई धरासाही पार्ने फेरि कोही गुरुबाचौथजस्ता मानिस देखा परे, त्यस्ता अवसरवादीलाई परास्त गर्नुपर्छ ।’

अहिले नेपालमा कम्युनिष्ट आन्दोलनभित्र घुसेको, प्रतिक्रियावाद, प्रतिगमन र प्रतिक्रान्ति प्रवृत्तिलाई परास्त गर्न वैचारिक संर्घषलाई उचाइ दिने आँट गुर्नपर्ने प्रचण्डको भनाइ छ । प्रतिक्रियावादीको षड्यन्त्रलाई परास्त गर्न राष्ट्रिय एकता कायम गर्दै राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई नयाँ उचाइमा उठाउने संकल्प गर्नुपर्ने बताएका छन । त्यसका लागि कम्युनिष्ट क्रान्तिकारीलाई वैचारिक, सांगठनिक, संस्कार सबै हिसाबले तयार पार्नुपर्ने अवस्था आएको धारणा राखे ।

अहिले आफूहरुमा अब के हुन्छ भन्ने प्रश्न उठेको भएपनि आफूहरुका लागि ठूलो अवसर भएको उनले बताए । ‘प्रतिगमन, अवसवाद, प्रतिक्रान्तिकाविरुद्ध लडेर राष्ट्र, जनता र कम्युनिष्ट आन्दोलनका लागि रक्षा गर्ने राम्रो अवसर प्राप्त छ’– प्रचण्डले भने । माओवादी केन्द्र कमजोर नभएको दाबी पनि उनले गरेका छन।

पार्टीभित्र घुसेका प्रतिक्रियावादीले नेकपा एकता भंग गरेको समेत उनले स्विकार गरेका छन। उनले भने ‘हामी फेरि पनि कम्युनिष्ट आन्दोलनकै एकताको पक्षमा छौं, एकताको झण्डा झुक्न दिने छैनौं’– प्रचण्डले भने । त्यसअघि वैचारिक, सांगठनिक सबै हिसाबले आफूहरु बलियो बन्नुपर्ने बताउनुभयो । ‘एकता गरेर गल्ती गरेका थिएनौं, शक्ति सन्तुलन हाम्रो पक्षमा त्यति नभएकाले विभाजन रोक्न त सकेनौं, तर हामी पराजित भएका होइनौं, हामीले गलत प्रवृत्तिका नायक, खलनायकलाई गलत्याएकै हो, उनीहरु पराजित भए’– प्रचण्डल भने । विदेशी शक्तिका आडमा कानुन मिच्ने काम भएको प्रचण्डको आरोप छ ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);