नेपाल पक्षका सांसदले बुझाए स्पष्टीकरण, ‘सांसदबाट हटाउनुपर्ने कुनै अपराध नगरेको दावी | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

नेपाल पक्षका सांसदले बुझाए स्पष्टीकरण, ‘सांसदबाट हटाउनुपर्ने कुनै अपराध नगरेको दावी

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षका सांसदहरूले पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् ।

बिहीवार भएको छलफलपछि संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर उनीहरूले स्पष्टीकरण पेश गरेका हुन् । पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै ओलीले वैशाख ६ गतेको मिति राखेर सांसदहरूसँग छुट्टा–छुट्टै स्पष्टीकरण सोधेका थिए ।

अध्यक्ष आलीले पार्टीको विधानमा उल्लेखित व्यवस्थाविपरीत अनुशासन उल्लंघन गर्नुभएको देखिएकाले तपाईंलाई किन कारवाही नगर्ने भनि प्रश्न समेत गरेका थिए ? साथै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १ को ग बमोजिम तपाईंले छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारवाही नगर्ने ? र तपाईंलाई संघीय संसद्को सदस्य पदबाट किन नहटाउने ? आधार र कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन गर्दछु,’ सांसदहरूलाई सोधिएको स्पष्टीकरण पत्रको व्यहोरामा भनिएको छ । आरोपको खण्डनसहित जवाफ पठाएको आली निकट सा्रेतले जनाएको छ ।

पार्टीको सर्वोच्च संस्था राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन तथा त्यसबाट पारित विधानको रक्षाका लागि सक्रिय हुँदा (अर्को राजनीतिक दल खोलेको जस्तो) निराधार र हास्यास्पद तर्क गरी जनताको मतबाट निर्वाचित प्रतिनिधि सभाको पद नै समाप्त गरिदिने पत्र लेख्नु नेपालको संविधान, कानून र एमालेको विधानविपरीत छ,’ एमाले सांसद सुरेन्द्र पाण्डेले लेखेको जवाफमा भनिएको छ ।

सांसद पदबाट हटाउने तयारीविरुद्ध नेपाल पक्षले सर्वोच्च अदालतमा रिट दर्ता गर्दैछ । हिजो नै निवेदन दिइएको भएपनि ढिला हुन गएकाले रिट आज दर्ता हुने नेपाल पक्षका नेताहले बताएका छन।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);