२०७५ जेठ २ मा फर्कन सक्ने प्रधानमन्त्री ओलीको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

२०७५ जेठ २ मा फर्कन सक्ने प्रधानमन्त्री ओलीको तयारी

केशर कार्की,

काठमाडौँ । फूटको संघारमा पुगेको नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो वरियताका नेताहरु सक्रियरुपमा लागिरहेको अवस्थामा प्रधानमन्त्री एवंम नेकपा एमाले अध्यक्ष केपी ओलीले नवौँ महाधिवेशनबाट निर्वाचित कमिटी सर्सत ब्यँताउन तयार भएका छन् ।

एमालेकै माधव नेपाल र झलनाथ खनाल पक्षले प्रतिपक्ष दलका नेता एवम कांग्रेसका पूर्व सभापति समेत रहेका शेर बहादुर देउवालाई प्रधानमत्री बनानका लागि गरेको हस्ताक्षर फिर्ता लिए प्रधानमत्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले २०७५ जेठ २ गतेको अवस्थामा फर्कन सक्ने अडानमा पुगेका छन् ।

प्रधानमत्रीको एमाले नेता नेपालसंग भएको पटक पटक वार्तामा पनि सत्ताको नेतृत्व गरिरहेके अध्यक्ष आली पक्षले नेता माधव पक्षले राख्दै आएको अडानमा फर्कन नस्केन बताउँदै आएका थिए । तर, पछिल्लो अवस्थामा आइपुग्दा एमाले अध्यक्ष केपी ओलीले नेपाल पक्षले पनि आफूले राखेको अडानमा सहमति देखाए पार्टीलाई पुर्ववत अवस्थामा फर्काउन सकिने संकेत गरेका छन् ।

उक्त सर्त नेपाल पक्षले मान्न तयार रहे वक्तव्य निकालेर पार्टी पुरानै अवस्थामा फर्किएको घोषणा गरी त्यति बेलाको स्थायी कमिटीको बैठक राख्न आफू तयार रहेको समेत प्रधानमन्त्री ओलीले बताएको सा्रतले जनाएको हो। नेपाल समूहका तर्फबाट मध्यस्थता गरिरहेका दोस्रो पुस्ताका नेताले पनि यसबारे जानकारी दिएर नेता नेपाललाई मनाउन प्रयास गर्ने बताइएको छ ।

सोमबार काठमाडौंको याक एन्ड यती होटलमा दुवै पक्षका नेताबीच भएको छलफलमा पार्टीलाई कुनै पनि हालतमा विभाजनको बाटोमा लैजान नहुने र यसका लागि ओली र नेपाललाई सहमति गराउने प्रतिबद्धता भएको थियो।

संवादमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण बिष्ट सहभागी थिए। राति अबेरसम्म भएको बैठकले उनीहरूबीच पुरानो संरचना र पार्टीको वर्तमान अवस्थाबारे गंम्भिर छलफल भएको सा्रेतको दावी रहेको छ ।

खासमा पार्टी पुर्वत अवस्थामा पु¥याउनका लागि एमालेका दुवै पक्ष अहिले गंम्भिर अवथामा देखिएका छन् । सोमबार वैठकमा सहभागि एक नेताले भने, जेठ ९ गते मिलिसकेको कुराकानी पार्टीभित्रकै द्धन्द्धका कारण वार्तारत नेताहरूले केके विषयमा छलफल भएको छ भन्ने जानकारी हाल सम्म समूहका कुनै पनि नेताहरुले आफूहरुलाई जानकारी नगराएको उनले बताएका छन् ।

यसबीचमा धेरै छलफलहरु दुई नेताहरुवीच भएपनि अन्तिमा निचोड भने आउन सकेको छैन् । तर सोमबार बसेको छलफलमा भने केहि कुराहरुमा सहमति भएको नेताहरुले संकेत दिएका छन् ।

एमाले नेता नेपालले पार्टी एकता बचाउने पार्टी एकता बचाउने जिम्मा लिएका नेतालाई एक साताभित्र अन्तिम निचोडमा पुग्न आइतबार निर्देशन समेत दिएका छन् । नेता नेपालले ‘ओलीसँग सहज लाग्छ भने मलाई भन्नु केही छैन होइन भने विवाद मिलाउने कुरामा चाँडो तदारुक्ता देखाउनुस भनेको छु’, आफू निकट रहेका विद्यार्थीको बैठकमा बोलेका थिए।पार्टी एकता बचाउने अभियानमा लागेका नेपाल पक्षका नेताद्धोय योगेश र गोकर्ण बिष्टलाई पनि पार्टी एकताको अन्तिम छिनोफाने गर्न निर्देशन जारी गरेका थिए ।

एमाले भित्रको विग्र अवस्थामा रहेको पार्टीलाई एकरुपता दिनका लागि भन्दै गठित कार्यदलले पछिल्लो समयमा भइरहको संवादबारे सामान्य छलफल भएको थियो। बैठक सकिएलगै परराष्ट्र मन्त्री एवंम सरकारका प्रवक्ता समेत रहेका प्रदीप ज्ञवालीले एकताका हरसंवत पहल भइरहेको जानकारी दिएका थिए ।

त्यस्तै जेठ १० गते बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र झलनाथ खनालसँगै भीम रावल, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी मुकुन्द न्यौपाने लगायतका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय समेत भएको थियो ।

सोमबार साँझ भएको संवादमा स्पष्टीकरण सोधिएका नेताहरूलाई थप कारबाही प्रकृया अघि नबढाइ पार्टीका दुवै पक्षका नेताहरुले आ आफ्ना कमजोरी स्वीकार गर्ने सहमति गरेबमोजिमनै मंगलबारको बैठकमा कारवाही गर्ने विषयले कुनै पाउन सकेन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);