नेकपा एमाले पूर्ववत अवस्थामा फर्कन सक्दैन : सूर्य थापा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

नेकपा एमाले पूर्ववत अवस्थामा फर्कन सक्दैन : सूर्य थापा

काठमाडौं । एमाले नेता एवंम प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले अब २०७५ जेठ २ को अवस्थामा फर्किन नसक्ने बताएका छन् ।

माधव नेपाल पक्षले २०७५ जेठ २ लाई बटमलाईन बनाइरहेका बेला थापाले भने अब पार्टी २०७८ जेठ २ को अडान तर्फ कुनै हालतमा फर्कन नसक्ने बताएका छन् ।

थापाले माधव नेपाल पक्षलाई आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्ने गद्दारको संज्ञा दिदै अव त्यस्ता नेताहरुको माग पूरा हुनु भनेको दीवा सपना मात्र भएको स्पष्ट पारेका छन् ।

थापाले भनेका छन्, ‘आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दरी क्षम्य हुन सक्दैन । नेता जन्माउने, बनाउने पार्टी र जनताले हो। महान शुद्धीकरण र सुदृढीकरणको प्रक्रियामा अघि बढौं । सुकेका पात झर्छन् चिन्ता नगरौं ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);